फिल्म ‘जिरो डिग्री’ को छायाङ्कन सुरु
वि.सं.२०८२ चैत १ आइतवार ०९:४४

काठमाडौँ । चलचित्र ‘जिरो डिग्री’ को छायाङ्कन सुरु भएको छ । आइतबार पोखराको अर्मलाकोट मन्दिरमा शुभ मुहूर्त चलचित्रले छायाङ्कन सुरु गरेको हो ।नेपाली मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यस डार्क कमेडी चलचित्रको पहिलो सट दिग्गज कलाकार प्रकाश घिमिरे, अभिनेता विजय बराल, कथाकार तथा कलाकार राजन भुसाल र शारदा सिलवालले दिए ।
चलचित्रको सम्पूर्ण छायाङ्कन कास्की जिल्लाको अर्मलाकोट र धिताल गाउँका रमणीय तथा मौलिक बस्तीहरूमा हुनेछ । ३५ दिनको छायाङ्कन तालिका बनाएको चलचित्रको कथा सडक सञ्जाल राम्रोसँग नपुगेको एक विकट गाउँमा आमा बुवाको निधन भएपछि विदेशमा रहेका सन्तान नफर्किउन्जेल शवलाई सुरक्षित राख्न ‘डिप फ्रिज’ बोकेर गाउँ उक्लिँदा आइपर्ने उथलपुथल र रमाइला परिस्थितिहरूमा यस चलचित्रको कथा घुम्नेछ ।
आकाश बराल र साजन काफ्लेको संयुक्त निर्देशन तथा पटकथा रहने चलचित्रमा विजय बराल, सनिशा भट्टराई, वसुन्धरा भुसाल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, राजन भुसाल, सन्जोग रसाइली, प्रवेश महतरा क्षेत्री, शारदा सिलवाल, सबिना थापा क्षेत्री, रामबाबु रेग्मी, सुवास गजुरेल र वासु खनाल लगायतका कलाकारहरूको अभिनय रहनेछ ।
वि.सं.२०८२ चैत १ आइतवार ०९:४४








