दोलखामा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न

1.48K shares

दोलखा । दोलखाको ४ वटा वडामा भएको पुन मतदान शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । मंसिर ४ गते भएको निर्वाचनमा धाँधलि भएको भन्दै निर्वाचन आयोगले आज पुन मतदान गराएको हो ।

आज बैत्यश्वर गाउँपालिका वडा नम्बर २, ३ र ६ को ८ वटा मतदान केन्द्र र तामाकोसी गाउँपालिका–२ जफेको हेल्थपोस्ट मतदानस्थलका २ वटा केन्द्रमा मतदान भएको हो ।

उक्त मतदान केन्द्रहरुमा ८ हजार ५ सय १४ मतदाता रहेकोमा ४ हजार २ सय ५७ मत खसेको छ ।

1.48K shares