दोलखाका जेष्ठ नागरिकसँग केपी ओली (फोटोफिचर)
वि.सं.२०७९ पुस १८ सोमवार ०९:३५
1.52K
shares

काठमाडौँ । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ५ का जेष्ठ नागरिकले पूर्वप्रधानमन्त्री केपी ओलीलाई भेटेका छन् । सोमबार विहान ओली निवास बालकोटमै जेष्ठ नागरिकले ओली दम्पतीलाई भेटेका हुन् ।

गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित वडाध्यक्ष बासु श्रेष्ठले प्रतिबद्धताअनुसार आफ्नो तलबभत्ता वापतको रकम सामाजिक कार्यमा खर्च गर्ने जनाएका थिए । सो अनुरुप विभिन्न ठाउँहरुको भ्रमण तथा राष्ट्रका विशिष्ट व्यक्तिहरुसँग भेटघाटका लागि आइतबार श्रेष्ठ वडावासी जेष्ठ नागरिकहरुलाई लिएर निस्केका हुन् ।


एमालेको केन्द्रिय सदस्य रचना खड्काको सहजिकरणमा श्रेष्ठको भ्रमण टोलिले ओलीलाई भेट गरिसकेको छ भने आजै भ्रमण टोलिले राष्ट्रपतिसँग भेट गर्ने जनाइएको छ ।




वि.सं.२०७९ पुस १८ सोमवार ०९:३५
1.52K
shares





