कालिन्चोक गाउँपालिकाको केन्द्र कुभिण्डेमा राख्ने निर्णय

1.86K shares

दोलखा । लामो समयदेखि कालिन्चोक गाउँपालिकाको केन्द्र कहाँ रहने भन्ने विषयमा विवाद रहेको थियो । अब त्यो विवाद समाप्त भएको छ । सोमबार बसेको गाउँपालिकाको १२ औँ गाउँसभाले पालिकाको केन्द्र तोकेको छ ।

गाउँपालिकाको वडा नम्बर ४ को कुभिण्डेमा गाउँपालिकाको केन्द्र राख्ने निर्णय बहुमतले पारित भएको छ । पालिका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीले पेश गरेको केन्द्र सम्बन्धी प्रस्तावमा ३२ जनाले पक्षमा मतदान गरेका थिए भने ९ जनाले विपक्षमा मतदान गरेका थिए ।

1.86K shares