भगवति हाइड्रोको आईपीओ बाँडफाँड
वि.सं.२०८० भदौ १८ सोमवार ०४:१०
2.81K
shares

काठमाडौँ । भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आज शेयर बाँडफाँड गरेको हो ।
कम्पनीले भदौ ५ गतेदेखि भदौ ८ गतेसम्म सर्वसाधारणलाई ७ लाख १२ हजार २ सय २० कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँमा शेयर निष्काशन गरेको थियो ।
कम्पनीको शेयरमा १३ लाख ९ हजार ६६ जनाको आवेदन परेको थियो । जस मध्ये २३ सय ८९ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका १३ लाख ६ हजार ६ सय ७७ जना मध्ये ७१ हजार २ सय २२ जनाले १० कित्ताको दरले शेयर पाएका छन् ।
वि.सं.२०८० भदौ १८ सोमवार ०४:१०
2.81K
shares




