कांग्रेस सांसद कुन्दन काफ्लेले दिए प्रमुख सचेतक पदबाट राजिनामा
वि.सं.२०८० भदौ १९ मंगलवार १०:०४
2.46K
shares

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा बागमती प्रदेशसभा सदस्य कुन्दनराज काफ्लेले नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकबाट राजीनामा दिएका छन् । उनले ७ महिनामै सचेतक पदबाट राजिनामा दिएका हुन् ।
गत प्रदेशसभाको निर्वाचनबाट निर्वाचित भएपछि उनलाई बागमती प्रदेश संसदीय दलको २०७९ माघ २ गते बसेको बैठकले प्रमुख सचेतक नियुक्त गरेको थियो । उनले आफ्नो राजिनामा बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामालाई बुझाएका छन् ।
वि.सं.२०८० भदौ १९ मंगलवार १०:०४
2.46K
shares





