आज पनि घट्यो सुनको मूल्य, तोलाको कति ?

2.72K shares

काठमाडौँ । लगातार सुनको मूल्य ओरालो लागेको छ । आज सुनको मूल्य हिँजोको भन्दा प्रतितोलामा १ हजार रुपैँयाले घटेको हो ।

बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख १५ हजार रुपैँया र तेजाबी सुनको मूल्य १ लाख १४ हजार ४ सय ४० रुपैँया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । मंगलबार प्रतितोला १४ सय २० रुपैँयामा कारोबार भएको चाँदी बुधबार तोलामा ३५ रुपैँयाले घटेर १३ सय ८५ रुपैँया प्रतितोला कायम भएको छ ।

2.72K shares