फेरि बढ्यो सुनको मूल्य, तोलाको कति ?
वि.सं.२०८० कात्तिक १७ शुक्रवार ०७:१०
2.67K
shares

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । शुक्रबार सून प्रतितोला २ सय रुपैँयाले बढेको हो ।
बिहिबार १ लाख १५ हजार ७ सय रुपैँयामा कारोबार भएको छापावाल सुन बढेर प्रतितोला १ लाख १५ हजार ९ सय रुपैँया कायम भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ३ सय ५० रुपैँया कायम भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ९० रुपैँया कायम भएको छ ।
वि.सं.२०८० कात्तिक १७ शुक्रवार ०७:१०
2.67K
shares




