अनमोल र जसिताको ‘फर्कि फर्कि’को शुभमुहूर्त सम्पन्न
वि.सं.२०८० मंसिर ८ शुक्रवार ०४:३७
1.86K
shares

काठमाडौँ । अनमोल केसी लामो समयपछि काममा फर्र्किएका छन् । शुक्रबार उनको नयाँ फिल्म ‘फर्कि फर्कि’को शुभमुहूर्त सम्पन्न भएको छ । पाटनको बंगलामुखि मन्दिरमा क्यामेरा पूजा गरेर फिल्मको शुभमुहूर्त गरिएको हो ।
सुयोग गुरुङको लेखन तथा निर्देशन रहने फिल्मको छायांकन मंसिर ११ गतेदेखि सुरु हुने जनाइएको छ । फिल्मलाई रोहित अधिकारीले निर्माण गर्दैछन् ।
फिल्ममा अनमोलको जोडिको रुपमा जसिता गुरुङ रहेकी छन् । अनमोल र जसिताले पहिलोपटक रिलमा रोमान्स गर्न लागेको हुन् । यस्तै, यहि फिल्मबाट सम्वृद्धी अर्याल र रवि काफ्लेले डेब्यु गर्दैछन् ।
वि.सं.२०८० मंसिर ८ शुक्रवार ०४:३७
1.86K
shares





