‘दिमाग खराब’ तेस्रो हप्तामा, कति कमायो ?

1.72K shares

काठमाडौँ । निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ तेस्रो हप्तामा प्रवेश गरेको छ । सुरुवाती दिनदेखिनै दर्शकको माया बटुलेको चलचित्र सफलतापुर्वक तेस्रो हप्तामा प्रवेश गरेको हो ।

प्रदर्शनकै बिचमा बस्नेतले उठाएको प्रदर्शक र निर्माताबिच ५०–५० प्रतिशत शेयर बाँडफाँडको मुद्दाले पनि किनारा पाएको छ । बिहीबार नेपाल चलचित्र सङ्घ र नेपाल चलचित्र निर्माता सङ्घबिच उक्त विषयमा सहमति भइसकेको छ । बस्नेतले नेपाली सिने नगरीका लागि अर्को दुरदर्शि काममा पनि ठुलो योगदान दिएका छन् ।

कार्तिक २४ गतेदेखि प्रदर्शनमा आएको फिल्मले कलेक्सन पनि राम्रो गरेको छ । फिल्मले हालसम्म सात करोड रुपैँया बराबरको कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ ।

फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, विजय बराल, अर्पण थापा लगायतका कलाकारको अभिनय रहेको थियो ।

1.72K shares