लगातार चौथो दिन पनि घट्यो सुनको भाउ, तोलाको कति ?

2.36K shares

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । आइतबारदेखि घट्न थालेको सुनको मूल्यले बुधबारपनि निरन्तरता पाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३ सय रुपैँयाले घटेको हो । बजारमा आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार सात सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बजारमा चाँदी प्रतितोला १ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ४ सय १० रूपैयाँमा कारोबार भएको थियो।

2.36K shares