राष्ट्रिय सभा निर्वाचनमा नयाँलाई अवसर दिनुपर्छ : गगन थापा

2.3K shares

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय सभाको निर्वाचनमा पार्टीले नयाँ अनुहारलाई अवसर दिनुपर्ने बताएका छन् । बुधबार संस्थापन इतर समुहको भेला सकिएपछि उनले उक्त कुरा बताएका हुन् ।

थापाले निर्वाचनमा पराजित भएका र पटक पटक अवसर पाएकालाई नदोहोर्याउनका लागि पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिने निर्णय गरेको बताए । भेलामा निर्वाचनका लागि एउटा मापदण्ड बनाएर जाने विषयमा पनि छलफल गरिएको उनले बताए ।

2.3K shares