कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
वि.सं.२०८० माघ १० बुधवार ०६:२९
2.18K
shares

काठमडौँ । नेपाली बजारमा आज बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार प्रतितोला १ लाख १८ हजार ४ सय रुपैँयामा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार पनि स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा तेजाबी सुन १ लाख १७ हजार ९ सय ५० रुपैँयामा कारोबार भइरहेको छ । सुनको मुल्य आइतबारदेखिनै स्थिर रहेको छ ।
सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य प्रतितोला १० रुपैँयाले बढेको छ । बजारमा चाँदी प्रतितोला १ हजार ३ सय ८० रुपैँयामा कारोबार भइरहेको छ ।
वि.सं.२०८० माघ १० बुधवार ०६:२९
2.18K
shares




