आजपनि बढ्यो सुनको मूल्य, तोलाको कति ?

2.06K shares

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । बजारमा आज सुन प्रतितोला ५ सय रुपैँयाले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा छापावाल सुन प्रतितोला १ लाख १९ हजार २ सय रुपैँयामा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य १ लाख १८ हजार ६ सय ५० रुपैँया कायम भएको छ ।

सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने प्रतितोला १० रुपैँयाले घटेको छ । बजारमा चाँदी प्रतितोला १ हजार ४ सय १० रुपैँयामा कारोबार भइरहेको छ ।

2.06K shares