एमाले दोलखाको अध्यक्षमा नरबहादुर श्रेष्ठ निर्वाचित, उपाध्यक्षमा मानन्धर, सचीवमा खड्का

वि.सं.२०८० माघ २५ बिहीवार १३:२९

दोलखा । नेकपा एमाले दोलखाको अध्यक्षमा नरबहादुर श्रेष्ठ निर्वाचित भएका छन । आज सम्पन्न १०औं जिल्ला अधिवेशनको निर्वाचन परिणाममा प्रतिस्पर्धि इश्वरचन्द्र पोखरेल र भरत दुलाललाई पराजीत गर्दै श्रेष्ठ अध्यक्षमा बिजयी भएका हुन ।
श्रेष्ठले ३ सय ३३ मत प्राप्त गरे भने निकटतम प्रतिद्धन्द्धी इश्वरचन्द्र पोखरेलले २ सय ३८ मत प्राप्त गरे । यस्तै अर्का उम्मेदवार भरत दुलालले ३८ मत मात्रै पाए ।
बिजयी श्रेष्ठ ९औं अधिवेशनबाट पनि अध्यक्षमा निर्वाचित भएका थिए । यसैगरी उपाध्यक्षमा राजेन्द्र मानन्धर ३ सय ३६ मतसहित विजयी भए । मानन्धरले प्रतिस्पर्धी हिरा थोकरलाई ७३ मतान्तरले पराजित गरे ।
यस्तै, एमाले दोलखाको सचिवमा स्वयमवहादुर खड्का विजयी भएका छन । खड्काले ३ सय ४ मत प्राप्त गरे ।
यस्तै उपसचिवमा हरि ओली र कमला बस्नेत निर्बाचित भएका छन । पदाधिकारीमा निर्वाचित उपसचिव ओलीबाहेक सवै अध्यक्ष श्रेष्ठ प्यानलबाट चुनावी प्रतिस्पर्धामा भाग लिएका थिए ।

वि.सं.२०८० माघ २५ बिहीवार १३:२९