‘फर्की फर्की’को पोष्टरमा रोमान्टिक अनमोल र जसिता

1.8K shares

काठमाडौँ । जेठ १० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र फर्की फर्कीको दोश्रो पोष्टर सार्वजनिक भएको छ । पोष्टरमा फिल्मका मुख्य कलाकार अनमोल केसी र जसिता गुरुङलाई स्थान दिइएको छ ।

पहिलो पोष्टरमा अनमोललाई मात्रै राखिएको थियो । दोश्रो पोष्टरमा भने निर्माण टिमले जसितालाई पनि समावेश गरेको छ । सार्वजनिक पोष्टरमा अनमोल र जसिता रोमान्टिक देखिएका छन् ।

रोहित अधिकारी फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटलसँगको सहकार्यमा निर्माण गरिएको फिल्मलाई सुयोग गुरुङले निर्देशन गरेका छन् । फिल्मलाई निर्देशक गुरुङले नै लेखेका हुन् ।

फिल्ममा अनमोल र जसिताको साथमा रवि काफ्ले र समृद्धि अर्यालको पनि अभिनय रहेको छ ।

1.8K shares