‘सतीदेवी’को टिजर सार्वजनिक
वि.सं.२०८१ जेठ २५ शुक्रवार ०७:४२

काठमाडौँ । पोष्टर सार्वजनिक भएदेखिनै चर्चामा रहेको फिल्म ‘सतीदेवी’को टिजर सार्वजनिक भएको छ । शुक्रबार ओएसआर डिजिटलमार्फत फिल्मको साढे २ मिनेट लामो टिजर सार्वजनिक गरिएको छ ।
टिजरमा एउटा परिवारको कथा देखाइएको छ । छोराको चाहनामा छोरीमाथि गरिएको अत्याचार टिजरमा देखाइएको छ । फिल्मकी मुख्य अभिनेत्री मलिका महतको पात्र बुलन्द देखिएको छ । सामाजिक कथा देखाइएको फिल्मको लेखन, निर्माण तथा निर्देशन लक्ष्मण सुवेदीले गरेका छन् ।
साउन ४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा मलिकाको साथमा हर्षिका वली, मन्जिला बानिँया, सन्दिप बाबु लोहनी, रमेश बुढाथोकी, कुल बहादुर अधिकारी, भोला सापकोटा लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मलाई दिलाशा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण गरिएको छ ।
वि.सं.२०८१ जेठ २५ शुक्रवार ०७:४२





