संसद भित्र मापसे गरेर आउने माननीयले निर्मल पुर्जा माथी पटक-पटक गरेको आक्रमण अस्वीकार्य – सांसद मियाँ

2.92K shares

काठमाडौँ । प्रतिनिधिसभा सदस्य कल्पना मियाँले आरोही निर्मल पुर्जा माथी पटक पटक गरिएको आक्रमण अस्वीकार्य भएको बताएकी छन् । शुक्रबार संसदमा बोल्दै उनले विश्व रेकर्ड राखेका आरोही माथिको आक्रमण अस्वीकार्य भएको बताएकी हुन ।

संसदमा बोल्दै उनले संसद भित्र मापसे गरेर प्रवेश गर्ने माननीयले पुर्जामाथी गरेको आक्रमण प्रति आपत्ति जनाएकी हुन् । देशलाई चिनाउने आरोहीमाथि अनावश्यक टिकाटिप्पणी गर्ने कसैलाई छुट नभएको उनले बताएकी छन् ।

पुर्जामाथि पछिल्लो समय लगातार आक्रमण भइरहेको छ । उनिमाथि विभिन्न किसिमको आरोपहरु लगाएर उनको व्यक्तित्वलाई धुमिल गराउने काम भइरहेको छ । उनिमाथि आरोप लगाउने माननीयहरुले अघिल्लो बजेट निर्माणका क्रममा मापसे सेवन गरेर प्रवेश गरेको मियाँले बताइन् ।

2.92K shares