स्वस्तिमा र साम्राज्ञीलाई जसिताको प्रश्न, “के हामी साँच्चै एउटा महिलाले अर्को महिलालाई गिराउने दौडमा छौं ?”
वि.सं.२०८१ असार ११ मंगलवार ०३:२५

काठमाडौँ । कान्तिपुर टेलिभिजनबाट प्रशारित एक कार्यक्रममा आफ्नो चरित्र हत्या भएपछि अभिनेत्री जसिता गुरुङले जवाफ दिएकि छन् । इट्श माई शो नामक कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मि शाहले जसिता गुरुङविरुद्ध विवादास्पद अभिव्यक्ति दिएपछि गुरुङले जवाफ फर्काएकी हुन् ।
उक्त कार्यक्रमका अन्य प्रश्नहरुपनि आपत्तिजनक थिए, तर ति व्यक्तिगत भएकाले धेरैले अन्य प्रश्नहरुलाई ध्यान दिएनन् । तर, कार्यक्रममा उपस्थित नभएकी जसिताको बारेमा कुरा गरेपछि भने यसले बजारमा चर्चा र विवाद निम्त्याएको छ । यसो त कार्यक्रममा प्रश्नको जवाफ नदिए नांगीनुपर्ने फर्म्याट पनि थियो । सेक्स लाइफका बारेमा राष्ट्रिय टेलिभिजनमा दुवै अभिनेत्री छिल्लीएरसमेत बोलेका थिए ।
तर, जसिताको बारेमा उनिहरुले गरेका टिप्पणी भने आपत्तिजनक देखिएको छ । शो मा आफ्नो चरित्रहत्या गर्न खोजिएकोप्रति जसिताले दुवै अभिनेत्रीप्रति गम्भिर प्रश्नहरु तेर्स्याएकी छन् ।
कार्यक्रममा प्रस्तोता ओसिनले अनमोलका दुई प्रेमिकाको बारेमा सोध्छिन् ? स्वस्तिमाले दुवै युवतीको नाम लिन्छिन् । सोहि राउण्डमा ओसिनले अर्को प्रश्न सोधेकी छन्, एउटा अभिनेत्री जसले पहिला धिरजसँग डेटिङ गरिन्, हाल अनमोलसँग डेट गरिरहेकी छन् ?
स्वस्तिमाले जवाफ दिँदै जसिताको नाम लिन्छिन् । कार्यक्रममा उपस्थित साम्रात्रीले पनि बीचमा प्रदीप खड्कासँग पनि डेटिङ गरेको खुलासा गर्छिन् ।
यो विषयमा अनमोल, धिरज, प्रदीप वा जसिताले कहिल्यैपनि सार्वजनिक रुपमा कतै बोलेका छैनन् । यस्तोमा अन्य व्यक्तिको बारेमा राष्ट्रिय टेलिभिजनमा गएर यसरी बोल्नु कतिको सहि हो ?
कार्यक्रम सार्वजनिक भएपछि यस्तो छ जसिताले लेखेको स्ट्याटस (नेपालीमा)
मैले यस विषयमा बोल्नैपर्ने भयो । म यो कहिले बुझ्दिन कि किन मान्छेहरू राष्ट्रिय टेलिभिजनमा गएर कसैको व्यक्तिगत जीवनको बारेमा कुरा गर्छन् जब कि उनीहरूले त्यो व्यक्तिलाई राम्ररी चिनेका पनि छैनन् । यो अन्तर्वार्ता हेरिसकेपछि म साच्चिकै तिनै जनासँग दुःखी छु। के हामी साँच्चै एउटा महिलाले अर्को महिलालाई गिराउने दौडमा छौं रु व्यक्तिगत रुपमा मेरो तीमध्ये कसैसँग कुनै इस्यू छैन। सुरुदेखि नै, मैले उहाँहरूलाई राम्रो अभिनेत्री र होस्टको रूपमा उच्च सम्मान र प्रशंसा गरेको छु। के तपाइँहरुलाई थाहा छ कि तपाईहरु के बोल्दै हुनुहुन्छ र तपाईहरुको त्यो बोलीले कति जनाको जिन्दगीमा असर पर्छ ?
के तपाईंलाई थाहा छ मैले मेरो विगतमा के भोगेको छु ? के तपाईहरुलाई लाग्दैन कि तपाइँहरुले दिनुभएको अन्तर्वार्ता र समाचारहरु मेरो परिवारहरुले पनि हेर्नुहुन्छ भनेर ? समाजमा महिलालाई हेर्ने कस्तो दृष्टिकोण बसाल्दै हुनुहुन्छ तपाईहरु ? कसैको व्यक्तिगत जीवनलाई सार्वजनिक रूपमा बदनाम र चर्चा गर्ने कारण के हो ? ओसिन सिटौला, स्वस्तिमा खड्का, कान्तिपुर टिभी, र पक्कै पनि साम्राज्ञी (त्यसपछि उनले मलाई ब्लक गरिन्)।
वि.सं.२०८१ असार ११ मंगलवार ०३:२५





