‘जेरी: अन टप’बाट निकालिएको विषयमा बल्ल बोलिन् आना शर्मा
वि.सं.२०८१ असार १४ शुक्रवार १०:३८

काठमाडौँ । निर्माणको तयारीमा रहेको चलचित्र जेरी अन टपबाट निकालिएको विषयमा आना शर्माले प्रतिक्रिया जनाएकी छन् । सामाजिक संजाल फेसबुकमा लेख्दै उनले फिल्मबाट निकालिएको विषयमा प्रष्ट पारेकी हुन् ।
९ वर्ष अगाडि प्रदर्शनमा आएको ‘जेरी’ को दोश्रो पार्टको रुपमा ‘जेरी अन टप’ निर्माण गरिने जनाइएको थियो । यस्तोमा पहिलो पार्टमा काम गरेकी आना दोश्रो पार्टमा पनि रहने गरि निर्माण टिमले प्रचार गरेको थियो । दोश्रो पार्टमा अनमोल केसी र आनाको पुरानै जोडि र आँचल शर्मा रहने गरि निर्माण टिमले प्रचार गरेको थियो । अचानक फोटोसुटमा नआएको भन्दै आनालाई हटाइएको थियो । आनाको ठाउँमा जसिता गुरुङलाई निर्माण टिमले भित्र्याएको थियो ।
यो विचमा सिनेनगरीमा स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मि शाहको अन्तर्वाता भाइरल भएपछि, आनालाई रिप्लेस गरेको खबर छायाँमा परेको थियो । यस्तोमा आनाले आफुलाई वर्कशपमा बोलाएर काम गराएको तर सम्झौता गरौँ भन्दा नमानेको भनेर आरोप लगाएकी छन् ।
स्वास्थमा समस्या भएकाले फोटोसुटमा आउन नसक्ने जानकारी गराउँदा पनि हटाइएको उनको आरोप छ । निर्माण टिमले अव्यवसायिक भएको आरोप लगाएर आफ्नो मानमर्दन गरेको उनले लेखेकी छन् ।
यस्तो छ उनको स्ट्याटस –
एउटा चलचित्रमा मलाई हटाएर अरू कसैलाई राखिएको विषयमा समाचारहरू देखिरहेकी छु । केही कुरा स्पष्ट पार्नुपर्ने भएकाले यो लेख्दै छु ।
फिल्मको दोस्रो लुक टेस्ट र फोटोसुटको दिनभन्दा अघि नै मैले आफ्नो बिसन्चोबारे टोलीलाई जानकारी दिइसकेकी थिएँ । त्यही दिन उनीहरूले मेरो ठाउँमा अरू कसैलाई अनुबन्ध गरिसकेको जानकारी दिए । यसबारे मलाई पहिले कुनै सूचना र जानकारी दिइएको थिएन । फिल्म टोलीले म लुक टेस्टमा नगएको र मैले व्यावसायिक उत्तरदायित्व निभाउन नसकेको भन्दै मिडियाहरूमा ‘कोट’ दिएको देखें । उनीहरूले मेरो बदनाम गरिरहेको थाहा पाएँ । यसले मलाई ठूलो चोट दियो ।
मैले व्यावासायिक उत्तरदायित्व ननिभएको भए महिनौंदेखिका त्यति धेरै वर्कसपमा कसरी सहभागी भएँ रु ‘सम्झौतामा हस्ताक्षर गरौं न’ भनिरहँदा उनीहरूले किन पटक(पटक आलटाल गरिरहे रु सम्झौता नगरिकनै किन फोटोसुट र लुक टेस्ट गरिरहे रु
यो फिल्मलाई लिएर म अत्यन्त उत्साहित थिएँ । किनकि योसँग मेरो भावनात्मक मूल्य गाँसिएको थियो । मलाई लाग्छ— यसबारे तपाईंहरू धेरैलाई थाहा छ । त्यसैले फिल्म टोलीप्रति मेरो भरोसा थियो । त्यही भरोसाको आडमा म झन्डै २ वर्षदेखि यो फिल्ममा जोडिएकी थिएँ । मेरो स्थानमा अरू कलाकारलाई लिएपछि आफ्नो नाक जोगाउन उनीहरूले मेरो बारेमा तथानाम बकिरहेका छन् । मैले सुनिरहेकी छु ।
लुक टेस्ट र फोटोसुट हुँदैमा म नै फिल्ममा हुनु पर्छ भन्दिनँ । कलाकार फेरबदल संसारभरि चलिरहने प्रक्रिया हो । मलाई यसबारे राम्ररी थाहा छ । र, यो मेरो मुद्दा पनि होइन । तर, जसरी मेरो मानमर्दन गरियो, मेरो प्रतिष्ठामा हिलो छ्यापियो— त्यो सर्वथा गलत हो । फिल्म टोलीले महिनौंसम्म मेरो नाम लिएर फिल्मबारे प्रचार गरे । तर, मलाई हटाइँदा एक शब्द जानकारी दिइएन । यो कहाँको व्यावसायिक धर्म हो रु
यी सम्पूर्ण घटनाक्रम मेरा लागि अस्वाभाविक हुन् । मेरो मन चिरिएको छ । बिरामी भएको जानकारी दिएर दोस्रो पटकको लुक टेस्टमा उपस्थित हुन नसकेको त्यति सानो कारणमा टेकेर पूर्वसूचनाबिनै हटाइँदा मन दुख्नु स्वाभाविक हो ।
यदि उनीहरूको चरित्र नै यस्तै हो भने यस्तो टिमसँग काम गर्न नपाउनुमा म आफूलाई भाग्यमानी ठान्छु ।
वि.सं.२०८१ असार १४ शुक्रवार १०:३८





