प्रदीपको लुक्सले निराश बनाएपछि आनाको लुक्स सार्वजनिक
वि.सं.२०८१ भदौ २७ बिहीवार १२:५८

काठमाडौँ । चलचित्र ‘एक्टरः टेक वान’को मुख्य अभिनेत्री आना शर्माको क्यारेक्टर लुक्स सार्वजनिक भएको छ । निर्माण टिमले आनाको क्यारेक्टर झल्कने लुक्स सार्वजनिक गरेको हो ।
सार्वजनिक लुक्समा आना वान पिसमा सजिएकी छिन् । सहरिया युवती जस्तो देखिने गरि उनलाई कलर गरेको कपाल र गला खुलेको वानपिसमा प्रस्तुत गरिएको छ । व्याकग्राउण्ड कुनै महलको जस्तो देखिएको छ । उनको चरित्रको नाम प्रकृति रहेको उल्लेख छ ।
यसअगाडि प्रदीप खड्काको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको थियो । पोष्टर प्रति नकरात्मक टिप्पणी आएपछि निर्माण टिमले प्रदीपको नयाँ लुक्स सार्वजनिक गरेको थियो । त्यसले थोरै भएपनि राहत दिएको थियो । अब आनाको लुक्सले के गर्छ त ? हेर्न बाँकि नै बछ ।
राजन भुसालको निर्देशनमा बनेको फिल्ममा प्रदीप र आनाको साथमा राजवल्लभ कोइराला, दिव्या रायमाझी, दिव्य देव, सुशील सिटौलालगायतका कलाकारको अभिनय छ ।
फिल्मलाई अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा निर्माण गरिएको हो । फिल्मका निर्माता थमनकुमार भण्डारी हुन् । फिल्म कात्तिक १५ गते (लक्ष्मीपूजा) बाट प्रदर्शनमा आउनेछ ।
वि.सं.२०८१ भदौ २७ बिहीवार १२:५८





