अखिल क्रान्तिकारीको सम्मेलन : कार्यकता कुर्सी हानाहान, नेता खुकुरी नचाउने

1.86K shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनस्थलमा कुर्सी हानाहान भएको छ । त्रिवी परिसर कीर्तिपुरमा जारी सम्मेलनस्थलमा कुर्सी र ढुंगा हानाहान भएको हो ।

संगठनमा उमेर हदको विषयलाई लिएर तिव्र विवाद देखिएको छ । सोहि विषयमा उमेर हद तोक्ने कि नतोक्ने भन्नेमा चर्काचर्की भएको हो । सो कारण हुलदङ्गा भएको हो ।

उमेर हदको विरोध गर्दै अखिल क्रान्तिकारीका निवर्तमान उपाध्यक्ष तुकमान महराले खुकुरी देखाएका थिए। उनी लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री जोखबहादुर महराका छोरा हुन्।

 

1.86K shares