शिक्षक आन्दोलनलाई राजनीतिक स्वार्थ पुरा गर्ने माध्यम बनाइयो : योगेश भट्टराई
वि.सं.२०८२ वैशाख १६ मंगलवार ०९:१८
2.39K
shares

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले शिक्षक आन्दोलनलाई राजनीति स्वार्थ पुरा गर्ने माध्यम बनाउन खोजिएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत भट्टराईले सोही कारण शिक्षक आन्दोलन जटिल बनेको स्पष्ट पारेका छन् । सबैले राजनीतिक स्वार्थ छाडिदिने हो भने शिक्षकका समस्या तत्काल समाधान हुने भट्टराईको धारणा छ ।
भट्टराईले शिक्षक आन्दोलनमा लगाइएको राजनीतिक स्वार्थको चाबी खोलिदिन पनि आग्रह गरेका छन् । ‘जस–जसले शिक्षक आन्दोलनमा आफÞनो राजनीतिक स्वार्थको चाबी लगाउनु भएको छ, आफूले लगाएको चाबी खोलिदिनुहोस्, तत्काल सरकार र शिक्षक बिचमा समझदारी हुन्छ, ऐन पनि आउँछ, अन्य माग पनि पुरा हुन्छ’, उनले लेखेका छन् ।
वि.सं.२०८२ वैशाख १६ मंगलवार ०९:१८
2.39K
shares





