५० करोडको ठेक्का अलपत्र पारेका इन्द्र बानियाँ बागमतीको मुख्यमन्त्री बन्दै

1.83K shares

काठमाडौँ । बागमती प्रदेश सरकारमा नयाँ मुख्यमन्त्रीका रुपमा नेपाली काँग्रेसका इन्द्र बहादुर बानियाँ चयन हुदैछन् । नेकपा एमालेको समर्थनमा उनि मुख्यमन्त्री बन्दैछन् ।

नयाँ मुख्यमन्त्रीका रुपमा काम गर्न लागेका बानिँयाको बिगत सन्तोषजनक छैन । ठेकेदार समेत रहेका बानिँया योजना अलपत्र पारेर हिँड्न माहिर छन् । उनि बाजुराको मार्तडी–कोल्टी सडक खण्डको निर्माण अलपत्र पारेर आलोचित भएका छन् । बानियाँको स्वामित्वमा रहेको पीएस बानियाँ निर्माण सेवाले यो सडक विस्तारको जिम्मा पाएको भए पनि लामो समयदेखि काम अधुरो राखिएको छ।

बाजुरा जिल्लाको ४१ किलोमिटर लामो मार्तडी–कोल्टी सडक खण्ड बहुवर्षीय योजना अन्तर्गतको मुख्य परियोजना हो। यसको २६ किलोमिटर खण्डको जिम्मा पीएस बानियाँ निर्माण सेवालाई दिइएको थियो। २०७७ साल असारमा ५० करोड १७ लाख रुपैयाँमा सम्झौता भएको भए पनि कम्पनीले हालसम्म मात्र डेढ करोड रुपैयाँ बराबरको काम गरेको छ।

३ वर्षमा सक्नुपर्ने काम हालसम्म ५० प्रतिशत मात्रै भएको छ । ठेकेदारको लापरबाहीका कारण समयमै काम सम्पन्न हुनेछैन । ठेक्काको बाँकी रकम झण्डै १३ करोड ५० लाख रुपैयाँ फिर्ता हुने प्रक्रियामा छ।

 

1.83K shares