रविसँगै नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ
वि.सं.२०८२ भदौ २६ बिहीवार १०:२२
1.75K
shares

काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट भागेका सञ्जय साह टक्ला पक्राउ परेका छन् । टक्लालाई काभ्रेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जेनजीको प्रदर्शनको क्रममा नख्खु कारागारबाट उनी भागेका थिए । सहकारी ठगी आरोपमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका रवि लामिछानेलाई सुरुमा कारागारबाट निकालिएको थियो । त्यसको केही समयमा टक्लासहित सबै कैदी कारागारबाट भागेका थिए । उनीहरुले कारागारमा आगजनी समेत गरेका थिए । १२ वर्षदेखि कारागारमा रहेका उनि पूर्वराज्यमन्त्री समेत हुन् । जन्मकैदको सजाय भोगिरहेका उनलाई फेरि कैदमा पठाउने प्रहरीको तयारी छ ।
वि.सं.२०८२ भदौ २६ बिहीवार १०:२२
1.75K
shares





