जसपाका नेता कार्यकर्तालाई ओलीले गरे एमालेमा स्वागत

1.57K shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का वाग्मती प्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा एमालेमा प्रवेश गरेका छन् । गोलेलाई बुधाबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास गुण्डुमा खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

पार्टी स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा. राजन भट्टराई, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेल लगायतको उपस्थितिमा उनलाई पार्टीमा स्वागत गरिएको हो । पार्टी प्रवेश गर्दै गोलेले एमालेमा प्रवेश गर्न पाउँदा आफूलाई खुसी लागेको बताए ।

एमाले लामो इतिहास बोकेको पार्टी भएको बताउँदै गोलेले आफू पछि जनता समाजवादी पार्टीमा रहेर काम गरेको जानकारी दिए । जनता समाजवादी पार्टी विभाजित भएर समाप्त भएको बताउँदै उनले देशलाई यतिबेला स्थायित्व आवश्यक रहेको बताए । देशलाई स्थायित्व दिन नेकपा एमाले नै बलियो शक्ति बन्नु पर्नेमा उनको जोड थियो । ‘यो पार्टीलाई नै मजबुत र सशक्त बनाएर लैजानु पर्ने आजको आवश्यकता छ’, उनले भने ।

1.57K shares