ह्वात्तै घट्यो सुनचाँदीको भाउ, तोलाको कति ?

665 shares

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ ह्वात्तै घटेको छ । दिनहुँ बढिरहेको सुनको भाउ मंगलबार ७ हजार ९ सय रुपैँयाले घटेको हो ।

सोमबार २ लाख ७० हजार रुपैँया प्रतितोला कारोबार भएको सुनको भाउ मंगलबार २ लाख ६२ हजार १ सय रुपैँया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको भाउ पनि आज प्रतितोला ३ सय ५ रुपैयाँ घटेको छ । भाउ घटेसँगै चाँदी ४ हजार ५ सय ९० रुपैयाँ कायम भएको छ ।

 

665 shares