आसिफ शाहले त्यागे रास्वपाको समानुपातिक उम्मेदवार
वि.सं.२०८२ पुस १९ शनिवार ०४:००
721
shares

काठमाडौँ । कलाकार तथा उद्घोषक आसिफ शाहले रास्वपाको समानुपातिक उम्मेदवार त्यागेका छन् । फागुन २१ गते हुने निर्वाचनका लागि रास्वपाले उनलाई उम्मेदवार बनाएको थियो । सर्वत्र आलोचना भएपछि उनले पनि उम्मेदवारी त्यागेका छन् ।
सामाजिक संजालमा लेख्दै आसिफले आफुले प्रत्यक्ष चुनाव लड्न चाहेको भएपनि साथीहरुले समानुपातिक सूचीमा नाम समावेश गरेको बताएका छन् । उनि अब काठमाडौँ ५ बाट प्रत्यक्ष चुनाव लड्ने समेत बताएका छन् ।
वि.सं.२०८२ पुस १९ शनिवार ०४:००
721
shares










