पार्वत गुरुङलाई एकल उम्मेदवार बनाउने एमाले दोलखाको निर्णय

1.61K shares

काठमाडौँ । नेकपा एमालेले दोलखाबाट केन्द्रिय सदस्य तथा पूर्व सञ्चारमन्त्री पार्वत गुरुङलाई आगामी निर्वाचनका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार र आइतबार बसेको बैठकले गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

जिल्ला कमिटीले गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेपनि अन्य इच्छा राखेका नेताहरुको पनि नाम लेखी पठाउने जनाइएको छ । जिल्ला कमिटीले उम्मेदवार बन्न इच्छुक बालकृष्ण शिवाकोटी, रचना खड्का र स्याम बस्नेतको नाम पनि लेखेर केन्द्रमा पठाउने भएको छ ।

जिल्ला कमिटीको निर्णयमा उपसचिव हरि ओली लगायतले नोट अफ डिसेन्ट लेखेका छन् । उक्त असहमतिसहितको निर्णय केन्द्रीय कमिटीमा पठाउने जनाइएको छ ।

1.61K shares