सञ्चार मन्त्री भन्छन्, ‘नेपालको सबै भागमा इन्टरनेट पुग्नु पर्ने’

2.19K shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले  नेपालका सबै भागमा इन्टरनेट र मोबाइल सेवा पुग्नु पर्ने बताएका छन् । आठौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा शुभकामना सन्देश दिँदै गुरुङले यसले सुशासन अभिवृद्धि र नागरिकले पाउने सेवा सहज हुने बताएका छन् ।

आइटी क्षेत्रलाई प्रभाकारी बनाउने यसको भौतिक संरचना निर्माण र विस्तार अति आवश्यक रहेको उनको धारणा छ । सबै राजमार्ग, सबै पालिका तथा वडासम्म फोन र इन्टरनेट सेवा पुग्नु पर्ने उनको भनाई थियो । सबै सरकारी कार्यालयमा इ–गभरमेन्स पुग्यो भने भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्ने उनले बताए ।

सरकारले सूचना प्रविधि र त्यसको सम्बन्धी नीतिहरू बनाउनु लागेको उनले बताए । नीति र कानुनी व्यवस्था गरेर त्यसको आधारमा अघि बढ्नु पर्ने उहाँको धारणा छ । ‘आजको युग सूचना प्रविधिको युग हो भन्ने कुरा हामी सबैलाई थाहा छ, सूचना प्रविधिलाई कसरी नेपालको समृद्धिमा प्रयोग गर्ने, कसरी व्यवहारमा रूपान्तरण गर्ने भन्ने कुरामा सबैभन्दा पहिला नीति बनाउनु पर्छ’, उनले भने ।

जनतालाई छिटो छरितो सेवा प्रवाह गर्न पनि सञ्चार प्रविधिको महत्त्व हुने उनको भनाइ थियो । यसले सरकारको राजश्व वृद्धिमा पनि सहयोग पुग्ने गुरुङको धारणा छ ।

2.19K shares