दिमागमा पितृसत्ताको अहंकार बोकेर समानता र स्वाभीमानको प्रत्याभुत गर्न सकिँदैन : रचना खड्का

2.37K shares

काठमाडौँ । नेकपा एमालेको केन्द्रिय सदस्य रचना खड्काले दिमागमा पितृसत्ताको अहंकार बोकेर न्याय समानता र स्वाभीमानको प्रत्याभुत गर्न नसकिने बताएकी छन् । सामाजिक संजाल फेसबुकमा लेख्दै खड्काले यस्तो बताएकी हुन् ।

पछिल्लो समय सरकारले बहुविवाह गर्न मिल्ने कानुन ल्याउन लागेपछि यसको सर्वत्र विरोध भइरहेको छ । यस्तोमा खड्काले उक्त कार्यलाई पितृसत्ताको अहंकार भनेकी हुन् ।

उनले लेखेकि छन् ,
“पछिल्लो समयमा विवाह गर्ने उमेर, बहुविवाह, सम्बन्ध बिच्छेद र पैत्रिक सम्पत्ति माथीको महिलाहरुको अधिकारका बिषयमा आएका संशोधन र धारणाहरुले समानता र स्वाभीमानमाथी अंकुश लगाउने कोशिसहरु भैरहेका छन ।

२०७२ को संविधान हाम्रो एक शताब्दी लामो सङ्घर्षको उपलब्धि हो । संबैधानिक मूल्य मान्यता बिपरित जे बिषयहरु संशोधनका नाममा चर्चा गर्न खोजिदैछ यो आपत्तिजनक छ । समयमै सचेत खबरदारीको आबश्यकता देखियो ।

हामीले आजको समाजको नेतृत्व गर्नुछ । पछाडी नफर्कौ, हाम्रो आन्दोलन रुपान्तरणको आन्दोलन हो, न्यायको आन्दोलन हो, स्वाभीमानको आन्दोलन हो ।”

2.37K shares