यशको जन्मदिनमा ‘टक्सिक’ को धमाकेदार टिजर रिलिज

1.01K shares

काठमाडौं । दक्षिण भारतीय सुपरस्टार यशको नयाँ फिल्म टक्सिक को टिजर रिलिज भएको छ । विहिबार उनको जन्मदिनको अवसरमा टिजर रिलिज गरिएको हो ।

स्टाइलिस, धमाकेदार एक्सन प्याक्ट टिजरले दर्शकको मन जित्ने पक्का देखिएको छ । केजीएफको दुई पार्ट पछि यशको प्रशंसक विश्वभर छन् । यस्तोमा उनको आगामी फिल्म सर्वत्र प्रतिक्षाको विषय बनेको छ । हलिउड स्टाइलमा बनेको टिजरमा यशको लुक्स दमदार देखिएको छ ।

गितु मोहनदास निर्देशित ग्याङस्टर–एक्सन थ्रीलर फिल्ममा यशको साथमा, नयनतारा, कायरा आडवाणी, हुमा कुरेशीले, तारा सुतरिया र रुक्मिणी वसन्त लगायतको अभिनय रहेको छ ।

फिल्म मार्च १९(चैत्र ५)बाट प्रदर्शनमा आउनेछ ।

 

1.01K shares