१८ औँ छुवाछुत उन्मुलन दिवसका अवसरमा माइतीघरमा दिप प्रज्वलन
वि.सं.२०८० जेठ २१ आइतवार १६:०७

काठमाठौँ । १८ औँ छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा काठमाडौँमा दिप प्रज्वलन कार्यक्रम भएको छ । नेपाल उत्पीडित जातीय मुक्ति समाजले आज माईतीघर मण्डलामा दिप प्रज्वलन कार्यक्रम गरेको हो ।

“जातीय भेलभाव तथा छुवाछुतको अन्त्य गर्न राष्ट्रिय नीति निर्माण गरौँ । समानुपातिक समावेशीपूर्ण प्रतिनिधित्वको संवैधानिक अग्राधिकार सुनिश्चित गरौँ “, भन्ने मुल नाराका साथ मुक्ति समाजले दिप प्रज्वलन कार्यक्रम गरेको हो ।

नेपाल सरकारले २०६३ साल जेठ २१ गते नेपाललाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको थियो । नेपालको संविधानमा जातीय भेदभाव तथा छुवाछूत विरुद्धको हक र सामाजिक न्यायको हक जस्ता मौलिक हकको व्यवस्था गरिएकाले मुक्ति समाजले दिप प्रज्वलन गरेको नेपाल उत्पीडित जातीय मुक्तिसमाजका केन्द्रीय स्थायी कमिटी सदस्य तथा आर्थिक बिभाग प्रमुख डिल्लीराज बराइलीले बताए ।
कार्यक्रमलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य जितु गौतमले सम्बोधन गरेका थिए ।

वि.सं.२०८० जेठ २१ आइतवार १६:०७





