सुनको भाउमा नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

2.53K shares

काठमाडौँ । नेपाली बजारमा आज बुधबार पनि सुनको मूल्य बढेको छ । आज तोलाको ५ सय रुपैँयाले बढेर सुनको मूल्य हालसम्मकै उच्च पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा छापावाल सुनको मूल्य १ लाख २३ हजार ५ सय रुपैँया र तेजाबी सुनको मूल्य १ लाख २२ हजार ९ सय रुपैँया कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

बजारमा चाँदीको मूल्य १४ सय ४० रुपैँया कायम भएको छ ।

2.53K shares