अनेरास्ववियू कोटेश्वरको अध्यक्षमा रामकृष्ण थापा निर्वाचित

322 shares

काठमाडौँ । अनेरास्ववियू कोटेश्वर क्याम्पस कमिटिको अध्यक्षमा रामकृष्ण थापा चयन भएका छन् । शनिवार भएको २५ औँ सम्मेलनबाट थापाको नेतृत्वमा ६५ सदस्यीय क्याम्पस कमिटि चयन भएको हो ।

नेकपा (एकीकृत समाजवादी) को जबस अनेरास्ववियूको केन्द्रिय अध्यक्ष सुदेश पराजुलिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उल्लेख्य विद्यार्थीको सहभागिता थियो ।

कमिटिको इन्चार्जमा बिक्रम पोखरेल चयन भएका छन् भने सह–इन्चार्जमा नारायण बस्याल चयन भएका छन् ।

322 shares