नेपाल र ओमान मैत्रीपुर्ण खेल खेल्दै

210 shares

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलिले आज ओमानसँग मैत्रीपुर्ण खेल खेल्दैछ । आइतबार कतार दोहास्थित कतार युनिभर्सिटीको मैदानमा नेपालले ओमानविरुद्ध खेल खेल्नेछ ।

साफ च्याम्पियनसिमको तयारीको लागि ओमानसँग खेल्न लागेको खेल नेपाली समय अनुसार राति ९–४५ बजे सुरु हुनेछ ।
यसअगाडि नेपालले भारतसँग दुई मैत्रीपुर्ण खेल खेलेको थियो । दशरथ रंगशालामा भएको खेलमा नेपालले एक बराबरी र एक हार व्यहोरेको थियो ।

माल्दिभ्समा अक्टोबर १ देखि १६ (असोज १५ देखि ३० गतेसम्म) साफ च्याम्पियनसिप हुदैँछ । मैत्रीपुर्ण खेलपछि नेपाली टोलि साफको लागि माल्दिभ्स जानेछ ।

नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ (असोज १५) मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ।

210 shares