हिमालय कलेज अफ इन्जिनियरिङमा ४८ घण्टे Hackathon हुँदै

वि.सं.२०८१ माघ २६ शनिवार ०९:२९

काठमाडौ, यहि माघ २७ गते देखि २९ गते सम्म हिमालय कलेज अफ इन्जिनियरिङ का Himalaya IT Club, Himalaya Electronics and Computer Club, Himalaya Robotics Club र स्ववियु द्वारा आयोजित ४८ घण्टे Hackathon and Career Fest हुन गइरहेको आयोजकले आदर्श अन्लाइनलाई बताएका छन।
२७ गते बिहानको ठिक १० बजे हिमालय कलेज अफ इन्जिनियरिङको हलमा औपचारिक कार्यक्रम को सुरुवात गरिनेछ। उक्त औपचारिक कार्यक्रमको अध्यक्षता Himalaya IT Club का अध्यक्ष हिमानी भट्टराईले गर्नुहुनेछ भने कार्यक्रमको प्रमुख अतिथिको आसनग्रहण प्रो.डा. गजेन्द्रप्रसाद शर्माले हुनुहुनेछ।
विभिन्न आइटी तथा इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीहरूका लागि करियर फेस्ट पनि हुन गइरहेको हुँदा तमाम विद्यार्थी साथीहरुलाई कलेज परिसरमा आइ आफ्नो इच्छा अनुरुप स्टलहरू भ्रमण गर्न सकिन्छ भन्दै यस क्याम्पसमा अध्ययनरत विद्यार्थी साथै कार्यक्रम आयोजक समितीका सदस्य आदिप राउतले जानकारी गराएका हुन।

वि.सं.२०८१ माघ २६ शनिवार ०९:२९