बाजुराबाट को को छानिए एमाले महाधिवेशन प्रतिनिधि ?

273 shares

बाजुरा । नेकपा एमाले बाजुरा जिल्ला कमिटीले दशौँ राष्ट्रिय महाधिवेशमा सहभागि हुने प्रतिनिधि चयन गरेको छ । जिल्ला कमिटीका नेताहरुबीच भएको लगातारको छलफलपछि प्रतिनिधि चयन भएका हुन् ।

बाजुराबाट २० जना प्रतिनिधिले महाधिवेशनमा प्रतिनिधित्व गर्नेछन् । खुलाबाट ११ जना, दलितबाट ३ जना, जनजाति र दलित महिलातर्फ एक–एक जना र महिलाबाट चार जना प्रतिनिधि चयन भएका छन् ।

प्रतिनिधिमा खुला तर्फबाट रंगमान शाही, अज बहादुर मल्ल, सहदेब बोगटि, काली बहादुर शाही, भरत बहादुर बुढा, भरत बहादुर थापा, जनक कुमार बोहरा, अम्मर बहादुर खडका, हरी बहादुर रोकाया, मनलाल खत्री र बल्देब रेग्मि चयन भएका छन् ।

त्यस्तै, दलित तर्फबाट काँसी बिक, पदम नेपाली, र मोहन नेपाली रहेका छन् । दलितमहिलाबाट राजकला सार्की र जनजातिबाट बसन्ति गुरुङ्ग छन् । महिलातर्फबाट बसुन्धरा रोकाया, मनदेबी ओली, ऐना गिरी र माया कुँवर छनोट भएका छन् ।

273 shares