ओखलढुंगामा बोलेरो दुर्घटना हुँदा ३ जनाको मृत्यु

322 shares

काठमाडौँ । ओखलढुंगाको सुनकोशी गाएँपालिका–९ बुलडाँडामा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ओखलढुंगाको च्यानम हुँदै ककनी मन्दिर जाँदै गरेका प्रदेश–३–०१–०२२ च ९६९४ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो ।

सोमबार बिहान भएको द्र्घटनामा परि १३ जना घाइते भएका छन् । ओखलढुंगा प्रहरीका अनुसार दुर्घटनामा परि ३५ वर्षिया मिठुमाया मगर, १६ वर्षकी तुलसा मगर र खगेन्द्र मगरको मृत्यु भएको छ

322 shares