जुवाखालबाट पक्राउ परेका काँग्रेस सभापति लामा ७ हजार धरौटीमा रिहा

217 shares

काठमाडौँ । कार्तिक १८ गते जुवा खेलिरहेको अवस्थामा प्रहरीले दोलखा जिल्ला काँग्रेस सभापति बर्मा लामा सहितका जुवाडेहरुलाई पक्राउ गरेको थियो । उनिहरुलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले धरौटीमा रिहा गर्ने भएको छ ।

प्रहरीले दोलखाका सभापति लामा, काँग्रेस रामेछापका क्षेत्रीय सभापति राजेश श्रेष्ठसहित १८ जनालाई पक्राउ गरेको थियो । नयाँबस्तीस्थित सागर लामाको फ्ल्याटबाट उनिहरुलाई पक्राउ गरेर प्रहरीले मुद्दा चलाएको थियो ।

पक्राउ परेका जुवाडेहरुलाई काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले ७ हजार धरौटीमा रिहा गर्ने निर्णय गरेका हुन् ।

217 shares