नेप्सेमा सामान्य गिरावट, चार कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट

462 shares

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा साताको पहिलो कारोबार दिन सामान्य गिरावट देखिएको छ । आइतबार नेप्से १.३८ अंकले घटेर २६८८.९२ विन्दुमा पुगेको हो ।

आइतबार पूँजीबजारमा १ सय ८६ कम्पनीको कारोबार हुँदा ७५ कम्पनीको शेयर मुल्यमा गिरावट आयो भने ८ कम्पनीको मुल्य स्थिर रहे । बाँकि कम्पनीको लगानीकर्ताको शेयर मुल्य बढेको छ ।

४ अर्ब ९ करोड ६२ लाख रुपैँया बराबरको शेयर खरिदबिक्री भएको बजारमा ४ कम्पनीको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल, मानुषि लघुवित्त, तेह्रथुम पावर र महालक्ष्मी विकास बैंकको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको हो । त्यस्तै, हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको शेयर मुल्यमा नेगेटिभ सर्किट लागेको छ ।

462 shares