नेकपा एस तामाकोशी गाउँपालिकाको अध्यक्षमा झनक खड्का चयन

वि.सं.२०७८ फागुन ८ आइतवार १४:४७
511
shares

दोलखा । नेकपा (एकीकृत समाजवादी) दोलखाले तामाकोशी गाउँपालिकाको अध्यक्षमा झनक बहादुर खड्कालाई चयन गरेको छ । शनिबार सम्पन्न पालिका अधिवेशनले खड्काको नेतृत्वमा ५३ सदस्यीय पालिका कमिटी चयन गरेको हो ।
अधिवेशनले अध्यक्षमा खड्का, उपाध्यक्षमा भिमप्रसाद फुँयाल र आङरेन्जी शेर्पा, सचिवमा रमेश कार्की र सहसचिवमा राजकुमार केसी, दिव बहादुर आपागाई र रामबहादुर खड्कालाई चयन गरेको छ ।
दोलखामा संगठन विस्तारलाई तिव्रता दिएको नेकपा (एस) ले शनिबार जिरी र तामाकोशी गाउँपालिकाको अधिवेशन गरेको हो ।

वि.सं.२०७८ फागुन ८ आइतवार १४:४७
511
shares