एमसीसीको विपक्षमा मतदान गर्ने नेकपा एसको निर्णय

756 shares

काठमाडौँ । नेकपा ( एकीकृत समाजवादी ) ले एमसीसीको विपक्षमा मतदान गर्ने निर्र्णय गरेको छ । पार्टीको सोमबार बसेको सचिवालयको बैठकले उक्त निर्णय गरेको हो ।

आइतबार संसदमा पेश भएको एमसीसीको विषयलाई लिएर समाजवादीभित्र विवाद सिर्जना भएको थियो । एमसीसीलाई संसदमा टेवल गर्न दिने या नदिने भन्ने विषयमा मतान्तर देखिएको थियो । तर, आइतबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा पार्टीका अध्यक्ष माधव कुमार नेपालले टेवल गर्न दिने विषयमा सहमति जनाएका थिए ।

एमसीसी संसदमा टेवले हुँदै गर्दा अर्का सम्मानित नेता झलनाथ खनालले संसदमै विरोध जनाएका थिए । यसअगाडि पार्टीले जनवर्गिय संगठन परिचालन गरेर देशभर एमसीसीको विरोधमा आन्दोलन गरेको थियो । सोमबारको बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

May be an image of text

756 shares