युएईले नेपाललाई दियो १७६ रनको टार्गेट

357 shares

काठमाडौँ । युएईले नेपाललाई १ सय ७६ रनको टार्गेट दिएको छ । टस जितेर पहिले ब्याटिंग गरेको युएईले २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १ सय ७५ रन जोडेको हो ।

नेपालको लागि जितेन्द्र मुखिया र अविनाश बोहराले समान ३ विकेट लिए । त्यस्तै, कप्तान सन्दिप लामिछानेले १ विकेट लिए ।

युएईका लागि मोहम्मद वसिमले ७० रन, बिट्रिय अरबिन्दले ४६ रन र मोहम्मद उसमानले १७ रनको योगदान दिए ।

357 shares