प्रदेश एकका मुख्यमन्त्री राईलाई मातृशोक

329 shares

काठमाडौं । प्रदेश नम्बर एकका मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ । राईकी आमा धनकुमारी राईको सोमबार बिहान विराटनगरस्थित मोरङ सहकारी अस्पतालमा ८४ वर्षीया उमेरमा निधन भएको हो ।

भोजपुरको षडानन्द नगरपालिका निवासी राईको स्वास्थ्य समस्या देखिएपछि केही दिनअघि उनलाई हेलिकप्टरबाट उपचारको लागि विराटनगर ल्याइएको थियो । राई पछिल्लो समय निमोनियाबाट ग्रस्त थिइन् ।

329 shares