मण्डलामा २४ मा १२

462 shares

काठमाडौँ । मण्डला थियटर थापागाउँमा भाद्र १७ गतेदेखि २४ मा १२ नाटक मञ्चन भइरहेको छ । कलासि एण्ड ग्रे आर्टसले निर्माण गरेको नाटकलाई संगित सापकोटाले निर्देशन गरेका छन् ।

एक दिन २४ घण्टाको हुन्छ, तर कतिपय पात्रहरुका लागि १२ घण्टामात्र जीवन जिउने सुविधा हुन्छ । नाटक यहि कथा वरिपरि घुमेको छ । ट्रान्सजेन्डर जो रातको समयमा मात्र जीवन जिउन पाउँछन र रतन्धो भएको मान्छे दिनमा मात्र जीवन जिउन पाउँछन् । यी दुई पात्रहरुको जीवनमा आइपर्ने उतारचढावलाई नाटकमा कलात्मक रुपमा प्रस्तुत गरिएको छ । ति पात्रहरु र समाजको कथित नियमबिचको द्वन्द नाटकमा देखाइएको छ ।

उमेश सुनामको कथा रहेको नाटक असोज ९ गतेसम्म सोमबार बाहेक नियमित मञ्चन हुनेछ । नाटकमा राज न्यौपाने, आलोक थामी, प्रमिला खनाल, अस्मिता खनाल, सङ्गिता थापा, सन्जित प्रताप मल्ल, दिपेश काफ्ले, विशाल देवकोटा, उमेश सुनाम लगायतका कलाकारको अभिनय रहेको छ ।

462 shares