बाजुरामा अनेरास्ववियुका नेता हत्या आरोपमा काँग्रेसबाट निर्वाचित वडाध्यक्ष पक्राउ
वि.सं.२०७९ मंसिर १५ बिहीवार १३:४९
1.62K
shares

काठमाडौँ । बाजुरामा अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीको हत्या आरोपमा त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडी पक्राउ परेका छन् । मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले वडाध्यक्षसहित अन्य दुई जनालाई पक्राउ गरेको हो ।
मंसिर ४ गते भएको निर्वाचनमा त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा मतदानका क्रममा भएको विवादलाई लिएर कांग्रेसका कार्यकर्ताले कुटपिट गरेपछि उनको मृत्यु भएको थियो । मतदान सकेर घर फर्किएका अयडीमाथि राति घरमै आक्रमण गरेर कुटपिट गरिएको थियो ।
वि.सं.२०७९ मंसिर १५ बिहीवार १३:४९
1.62K
shares





