दोलखामा मत गणना सुरु
वि.सं.२०७९ मंसिर १५ बिहीवार १६:०३
1.37K
shares

दोलखा । आज १० वटा मतदान केन्द्रमा पुन निर्वाचन भएसँगै दोलखामा मतगणना सुरु भएको छ । सर्वदलिय बैठकले मतगणना गर्ने निर्णय गरेसँगै बेलुकाको साँढे ९ बजेबाट गौरीशकर गाउँपालिकाको वडा नम्बर ३ झ्याकुबाट मतगणना सुरु भएको हो ।
गत मंसिर ४ गते भएको निर्वाचनमा गठबन्धनले अनाधिकृत रुपमा बुथ कब्जा गरेको भन्दै एमालेले उजुरी दिएको थियो । सो उपर कारवाही गर्दै निर्वाचन आयोगले ४ वटा वडाको १० मतदान केन्द्रमा पुन मतदान गराएको थियो ।
वि.सं.२०७९ मंसिर १५ बिहीवार १६:०३
1.37K
shares





