दोलखामा गठबन्धनलाई सुरुवाती अग्रता
वि.सं.२०७९ मंसिर १६ शुक्रवार ०२:५७
1.84K
shares

दोलखा । प्रतिनिधिसभा निर्वाचन २०७९ को सुरुवाती मतगणनामा गठबन्धनलाई सुरुवाती अग्रता मिलेको छ । गौरीशंकर गाउँपालिकाको ५२४५ मतगणना हुँदा गठबन्धन्का तर्फबाट माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीलाई सुरुवाती अग्रता मिलेको हो ।
कार्कीले ३२४१ मत ल्याउँदा एमालेका बालकृष्ण शिवाकोटीले १५०० मत प्राप्त गरेका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जगदिश खरेलले १२३ मत प्राप्त गरेका छन् ।
वि.सं.२०७९ मंसिर १६ शुक्रवार ०२:५७
1.84K
shares





