प्रतिनिधि सभाका सांसदको शपथ पुस ७ गते

1.54K shares

काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण पुस ७ गते हुने भएको छ । संघीय संसद् सचिवालयका अनुसार पुस ७ गते दिउँसो १ बजे सांसदहरुको शपथ ग्रहण हुने कार्यक्रम तय भएको हो ।

साथै मातृभाषामा शपथ लिन चाहने सांसदहरुले तीन दिन अगाडि नै जानकारी गराउनुपर्ने संसद सचिवालयले जनाएको छ ।

1.54K shares